मुलुकले टेलिभिजन मार्फत नया सोच पाओस् भनेर एक पृथक कार्यक्रमको शुरुवात गरियो। देशमा केही गर्न सकिन्छ भनेर विश्व किर्तिमान राख्दै नया विचारहरु भित्र्याउने सोच राखि नै रहें। सुशिल कोईरालाज्यूको पालामा तयार गरेको अवधारणा के पी ओलीज्यूको पालामा लागु भो र आज LIVE टेलिभिजनमा जनतालाई राहत दिने नौलो कार्यक्रम नेपाली टेलिभिजन जगतले पाएको छ, “सिधाकुरा प्रधानमंत्रीसँग” । कुनै पार्टी सँगको राजनैतिक आश्था नभएका हामी नवीन सोच भएका साथीहरूको यो प्रयास लोकप्रिय भए संगै सरकार परिवर्तन भयो र देशको नया प्रधानमंत्री आज यस कार्यक्रममा उपस्थीत हुदै हुनुहुन्छ। आफु र आफ्ना साथीहरूको प्रयासले चलिरहेको यो कार्यक्रममा हाम्रो Team (जस्लाई राजनितीसँग यो जुनीमा केहि लिनु नै छैन) को संलग्नता उहाँलाई चाहिएन रे , ठिक छ, हाम्रो विचार तपाईहरुलाई नै भो। कम से कम देशले नया सोच त पायो। अब यस्तो सरकार बनोस जहाँ कार्यक्रम नियमित चलाउनेहरुलाई सरकार परिवर्तन ले छुनपनि नसकोस्। कार्यक्रम छापामार शैलीमा न लुटियोस्। सहकार्य गर्ने सम्पूर्ण साथीहरू र दर्शकमा धन्यवाद्।

अब शुरु हुँदैछ एउटा नयाँ सोच, हत्या गर्न खोजिएको तर जबर्जस्त बाँच्ने संकल्प गरी रहेको सोच। सिमित श्रोतमा ठुलो सपना पालेका छौँ ।