हामी खुलेर गर्नुपर्ने कुरा लुकेर गर्छौ । घरमा कोठमा २/४ जना जम्मा हुँदा हामी जुन जोश देखाउँछौं त्यो जोश सार्वजनिक ठाउँमा गर्दैनौं । मुलतः तापाई हाम्रो आक्रोश सम्बन्धित मान्छेले सुन्दैन । सामाजिक सञ्जाल अर्को उफ्रने माध्याम बनेको छ, तर त्यसमा विष बमनले मत्थर भएका राजनितीज्ञलाई ऐया पनि गराउँदैन । हामी चाहान्छौं तपाई कोठा, चोक, भट्टि, गल्लीमा मात्र नउफ्रनुहोस् । ँबअभदययप त्धष्ततभच मा मात्र राष्ट्रप्रेम र राजनीतिक घृणा नपोख्नुहोस् । हामी बस् यति चाहान्छौं कि तपाई एकपटक आफूले भोट दिएको पार्टिले प्रकाशीत गरेको घोषणा पत्र पढ्नुहोस् र त्यसको पालना नभएको भए प्रश्न सोध्नुहोस् । आफ्नो क्षेत्रको प्रतिनिधि को हो चिन्नुहोस् । र आफ्नो फोनमा तिनको नम्बर कबखभ गर्नुहोस् । गाली गर्न, दुःख दिन एक कल पनि नगर्नुहोस् । भेल गर्न, बैठक गर्न र स्थानीय समस्या समाधान गर्न बोलाउनुहोस् । कोठा चोटामा उफ्रिने हैन बोलाएर ँबअभ त्य ँबअभ आँखामा आँखा जुधाएर सोध्नुहोस् जस्तोकी तपाईले आफ्नो सम्पत्ति विवरणमा निकै कम पैसा पैसा देखाउनु भएछ यस्तो विलासी जीवन त्यती पैसाले कसरी सम्भव भयो ? वा तपाईत केही बर्ष अघि म भन्दानी गरिब हुनुहुन्थ्यो यत्रो सम्पत्ति कहाँ बाट जोड्नुभयो ? आफ्नो प्रतिनिधिको फोन नम्बर छैन भने हामीलाई ऋबिि हामी दिन्छौं ।
दोषि राजनितीज्ञ हैनन् हामी हौं । आज मैले ५ जना विशिष्ट राजनितीज्ञलाई फोन गरेर सोधें, तपाईलाई तपाईको क्षेत्रका कुन जनताले तपाईको सम्पत्ति विवरणमा मेरो आपत्ति छ वा प्रश्न छ ? भनर सोधे ? दुर्भाग्यबस् एक जनाले पनि प्रश्न गर्नुभएको छैन । हो समस्या यहिं छ । संसारका कुनैपनि देश विकसित भएका छन् भने एउटै कारणले विकसित छन् । त्यहाँका जनता हामी जस्तो अन्याय सहँदैनन् । कानमा तेल हालेर बस्दैनन् । एकै चोटी पूरै देश नै बनाउन टायर बाल्न जानु पर्दैन हजुर, हप्तामा एकदिन आफ्नो टोल वरपरको फोहर बालेपनि पुग्छ ।