सम्पूर्ण महानुभावहरुलाई यहाँहरुको माया तथा प्रेरणाको लागि धेरै धेरै धन्यवाद ।

जबसम्म हामी जनताबाट नागरिक बन्दैनौं, तबसम्म कुनै नियम, कानून, विधान, संविधानले देश बन्दैन । फेरि हामीलाई एकैचोटि किन सिङ्गो मुलुक नै बनाउँनु परेको होला ? हामी घर, टोल, छिमेक बनाउँन किन अग्रसर हुँदैनौं ?
राजनीति दुषीत छ, थाहा छ । तर हामी जनता पनि विवेकका हिसाबले प्रदुषित नै छौं । मैले के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने ज्ञान भएर पनि आफ्नो कर्तब्य पालना गर्नु हामीले सकिरहेका छैनौं । बाँकी रह्यो, राजनीतिको कुरा– सम्पूर्ण राजनीतिज्ञको आलोचना गर्नु उचित नहोला, तर यो देशका अधिकांश राजनीतिज्ञहरुबाट सर्वसाधारणले आस प्राय मारिसकेका छन् ।
यो कार्यक्रम राजनीतिज्ञको आलोचना गर्नका लागि निर्माण भएको होइन । अनि केहीले अनुमान गरे जस्तो कोही वा कसै प्रति प्रतिशोधको भावनाले पनि कार्यक्रम तयार गरिएको होइन । जुन अवधारणाले सिधा कुरा प्रधानमन्त्रीसंगको शो सञ्चालन गरिएको थियो त्यो अधुरो र¥यो र दर्शकहरु प्रति प्रतिवद्धता व्यक्त गरिसकेको हुनाले यसलाई पुरा गर्न सिधा कुरा जनतासंगको कार्यक्रम लिएर आउन हामी बाध्य भएका हौ । कसै प्रति पुर्वाग्रह र अनुग्रह नराखी कार्यक्रर्म प्रस्तुत गर्ने वाचा गर्दछु । तर यत्ति चाहीं भन्छु भन्छु कि, देशको मुहार फेर्ने नाममा धेरैले आफ्नो र आफ्नाको मुहार फेरेका छन् । गएको दश वर्षमा भोट दिनेको जीवन फेरिनु पर्ने हो । तर त्यसको ठीक उल्टो ः भोट पाउनेको जीवन फेरिएको छ । तर हामी जनता आफ्नो दैनिक जीवनमा यति व्यस्त भयौं कि, तपाईं त गरीब हुनुहुन्थ्यो, यत्रो सम्पत्ति कहाँबाट आयो भनेर कुनै दिन सोधेका समेत छैनौं । राजनीतिज्ञको लापरबाही भन्दा हाम्रो मौनताले देश गरीब भएको छ ।
हामीले सबै राजनीतिक दलको घोषणापत्र हेर्यौं । एक से एक प्रतिवद्धता छन्  देश र देशवासीको जीवन उकास्ने । तर कुनै दिन हामीले आफ्नो प्रतिनिधिलाई जमेर प्रश्न गरेनौं । बरु चोटा, कोठा, भट्टी, गल्लीमा घोक्रो सुकायौं । अहँ, विरोध र प्रश्न गर्दै गरेनौं । बरु आफ्नो जोहो गर्न सक्ने विदेश भासियौं, नसक्ने यतैकतै अल्मलिँदै छौं । फलत ः हाइड्रोपावरको साटो देशमा म्यानपावर फस्टायो ।
अनि दैनिक जीवनमा भइपरी आउँने सानातिना कुरामा पनि हामी सरकार र सरोकारवालाको मुख ताक्ने भयौं । देशै बनाउँने आन्दोलनमा सडक बाल्न तयार हुने हामी घर अघिको फोहोर फाल्न र खाल्डो पुर्न पनि सरकारको मुख ताक्ने भयौं ।
अब अतिकति आमसञ्चारमाध्यमको पनि कुरा गरौं । सूचना र मनोरञ्जन मात्रै दिएर हाम्रोजस्तो देशको आमसंचार माध्यम कसरी रहन सक्छ ? पहूँच भएकाहरु त यहाँ मन्दिरमा पनि लाइन वस्दैनन् । कुरो पहूँच नभएकाहरुको हो । यो कार्यक्रम तिनै पहूँच नभएका तर देशमा संम्भावना देख्ने दर्शकहरुप्रति समर्पित छ । यो मनोरन्जन र सुचनामा सिमित छैन । यो एउटा कामलाग्ने कार्यक्रम हो ।
तपाईंले हामीलाई विभिन्न माध्यमबाट आफ्नो चासो, गुनासो र प्रश्नहरु पठाउँन सक्नुहुनेछ । सूचना प्रविधिको बढ्दो विकाससँगै हामी गोजीमा स्मार्टफोन बोक्ने भएका छौं । अब फोन मात्रै होइन, आफू पनि स्मार्ट छौ त ? यो कार्यक्रम मार्फत सूचना प्रविधिलाई आफ्नो गुनासो मेटाउँने र देशलाई समृद्धिको दिशमा अघि बढाउँनेमा प्रयोग गराउने उदेश्यले हामीले तयार गरेका छौ, एक विशेष वेभपेज जसमा तपाईले आफ्नो गुनासो लेख्न फोटो पठाउन र भिडियो पठाउन मिल्छ । आज कार्यक्रमको पहिलो शंखला भएकाले वताउने कुराहरु धेरै छन् । कार्यक्रममा बताउदै जानेछु । आनुहोस् शुरु गरौ जनताको चासो, गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम सिधा कुरा जनतासंग ।

आजको कार्यक्रमको पहेिलो आधा भाग सफलतापूर्वक Facebook तथा हाम्रो Website मार्फत प्रसारण भएको थियो । तर विषेश कारण वस, दोस्रो भागमा बाधाहरु आए । त्यसका लागी हामी दर्शकहरु प्रति क्षमाप्रार्थी छौँ ।

आजको कार्यक्रमको Recording हेर्नका लागि, कृपया तल उल्लेखित Youtube को Link मा जानुहोला ।

Part I: https://www.youtube.com/watch?v=SFCceYICR_0

Part II : https://www.youtube.com/watch?v=SFCceYICR_0